रौतहट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले कृषि प्रधान देशमा कृषि नीति नै बन्न नसक्नु दु खद भएको बताएका छन् । नेपाल किसान महासंघ द्वारा २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अबसरमा रौतहटको चन्द्र निगाहपुरमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

किसानका बारेमा सरकार र पार्टीहरु जिम्मेबार हुन नसकेको पनि उनले बताए । नेपाली कांग्रेस किसानहरुको पार्टी भएको उल्लेख गर्दे उहाँले विपी कोईरालाले नीति बनाउदा किसानहरु लाई उच्च प्राथामिकता दिएको बताए । सानो घर , एउटा गाई घरमा होस भन्ने उहाँको चाहनालाई काग्रेसले पुरा गर्नुपर्नेमा जोड दिए । उनले किसान महासंघलाई अझै सक्रिय हुन सुझाब दिदै आगामी केन्द्रीय समितिको बैठकमा किसानका समस्याहको बारेमा प्रस्ताब पेश गर्न आग्रह गरे ।

उनले किसानका भुक्तानीका बारेमा आन्दोलन गराउने र बिचैमा तुहाउने काम भएको भन्दै त्यसका खबरदारी आबश्यक रहेको बताए । किसानले उब्जाएको अन्नको भाउ नपाउनु दूर्भाग्यपूर्ण अबस्था रहेको भन्दै उनले यस बिषयमा काग्रेस गम्भिर रहेको बताए । उत्पादित अन्नको खरिदको जिम्मा स्थानीय तहले लिने नीति बनाउनुपर्ने पनि उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर