काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह आज स्वदेश फर्किने भएका छन् । नयाँ दिल्लीमा उपचार र शल्यक्रिया पश्चात आज काठमाडौं फर्कन लागेका हुन् ।
सिंह पत्नी सिर्जना सिंहले प्रकाशमान सिंह र छोरा प्रभास काठमाण्डौ फर्कन लागेकाे जानकारी गराएका हुन् । `प्रकाशमान सिंह जीको उपचारको क्रममा उहाँको स्वास्थ्य लाभको कामना गर्नुहुने देश विदेशका शुभचिन्तकहरू, साथीभाई लगायत परिवारका सदस्यहरू र दिल्ली सम्म आई उहाँको स्वास्थ्य लाभको कामना गर्नु हुने सम्पूर्ण मा हृदय देखि म र मेरो परिवारको तर्फ बाट धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्न चाहान्छौ ,´ कांग्रेस नेतृ एवं सिंह पत्नी सिर्जनाले फेसबुकमा लेखेकी छन् ।
सवा ३ बजे सिंह काठमाडौं अवतरण गर्ने उनका स्वकिय सचिव युपी लामिछानेले बताए ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभा सांसद प्रकाशमान सिंहको भारतको नयाँदिल्लीस्थित फोर्टिस अस्पतालमा शल्यक्रिया गरिएको छ।प्रोस्टेटसम्बन्धी समस्या देखिएपछि सिंहको जेठ २१ गते शल्यक्रिया गरिएको थियो। सिंह गत जेठ १८ गते परिवारका सदस्यहरूसहित नयाँ दिल्ली गएका थिए।



