मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ। आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। व्यवसायले पदासीन व्यक्तिहरूसँग मित्रता बढाउनेछ। व्यवसायमा फाइदा हुनेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप बढ्नेछ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। आफन्तसँग असमझदारी एवं पतिपत्नीमा अविश्वास बढ्ने सम्भावना छ। पहिलेका कामबाट आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। तर, यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
काममा पनि सफलता नै दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। शुभचिन्तकहरूले भने साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन्।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रयत्न गर्दा यात्राको साइत भने जुर्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। कामको लागत बढ्न सक्छ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्ने सम्भावना छ। बलजफ्ती गर्ने बानीले साथीभाइ टाढा हुनेछन्।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। हिसाबकिताबमा सजग रहनुहोला। सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको