काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारी अनियमिततामा मुछिएका गृहमन्त्री रवि लामिछानेकाे नाम उल्लेख गरेरै समिति बनाउनुपर्ने अडानमा कांग्रेस कायमै रहेकाे बताएका छन् । सहकारी अनियमिततामा गठन हुने समितिका लागि कार्यादेशमै गृहमन्त्री रवि लामिछानेलकाे नाम राख्न सत्तापक्ष तयार नहुने स्थितिमा भोलि पनि हाम्रो अवरोध जारी रहने उनले बताए ।

पार्टी प्रवक्ता महतले भने, ‘छानबिन समितिको कार्यादेश तय गर्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख हुनुपर्ने हाम्रो अडान यथावत् छ। नामै राख्न सत्तापक्ष तयार नहुने स्थितिमा भोलि पनि हाम्रो अवरोध जारी रहन्छ।’ कांग्रेसले विभिन्न सहकारीबाट पैसा गाेरखा मिडिया नेटवर्कमा ल्याउँदा लामिछाने सेयर हाेल्डर र महाप्रबन्धक थिए ।

स्रोतका अनुसार संसदीय समितिको कार्यादेशमा कास्कीको सूर्यदर्शन, चितवनको सहारा, सुप्रिम लगायतका सहकारीसँगै गोर्खा मिडिया नेटवर्कको नाम पनि उल्लेख गरिनेछ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम वा पद भने लेखिने छैन, तर गोर्खा मिडियामा बसेर गैरकानुनी काम गर्ने व्यक्तिहरुमासथि छानबिन गर्ने भाषा राख्नेथरि सहमति खाेज्न सत्तारूढ दल प्रयासरत छ भने कांग्रेस लामिछानेकाे नाम नै उल्लेख हुनुपर्ने अडानमा छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको