काठमाडौं : चर्चीत लेखक आन्विका गिरीले संसदमा प्रतिपक्षी दललाई पेलेर सभामुख र सत्तापक्ष अघि बढ्नु गलत भएकाे बताएकी छन् । उनले सामाजिक सञ्जाल एक्समा यस्ताे लेखेकी हुन् । उनले प्रमुख प्रतिपक्षी दललाई सभामुखले बाेल्न समय नदिएकाेतर्फ संकेत गर्दै कांग्रेसले संसदमा आफ्नै माइक बाेकेर जानुपर्ने पनि लेखेकी छन् ।
`काँग्रेसले संसदमा आफ्नै माइक बोकेर जानुपर्छ । संसदमा सबैभन्दा ठूलो दल प्रतिपक्षमा बसेको छ, उसलाई पेलेर जसरी सभामुख र सत्तापक्ष दल अगाडि बढेका छन् यो ठिक होइन,´ उनले लेखेकी छन्, `यो विद्रुप दृश्य निर्माणमा रास्वपाका सांसद सन्तोष परियार र स्वर्णिम वाग्लेको सहभागीता लज्जास्पद छ । विल्कुल लज्जास्पद !´
गिरी चर्चित बाल कथाकार हुन् । उनका दर्जनाैं कृति प्रकाशित छन् ।

