इलाम : सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकाे इलाम २ मा जमानत जफत भएकाे छ । रास्वपाका उमेदवार मिलन लिम्बुले ५ हजार ५० मत ल्याए । वैशाख १५ मा सम्पन उपनिर्वाचनमा ६९ हजार ३७४ मत खसेको थियो । त्यसमध्ये ९०२ मत बदर भएपछि कुल सदर मत ६८ हजार ४७२ मत थियो । सदर मतको १० प्रतिशत नकटाउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ । त्यस अनुसार धरौटी जोगाउन ६ हजार ८ सय मत ल्याउनुपर्ने बाध्यता थियो । रास्वपाले ५ हजार ५० मत प्राप्त गरेको छ ।
त्यस्तै इलाम २ को उपनिर्वाचनमा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत भयाे । मुख्य प्रतिस्पर्धी एमाले, कांग्रेस र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुबाहेकले मनोनयन धरौंटी जाेगाउन सकेनन् ।

पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनाललाई चुनावी कमाण्डर बनाएको नेकपा एसले ४०८ मत गरेको छ भने सांसद् ज्ञानेन्द्र शाहीलाई चुनावी कमाण्डर बनाएको राप्रपाले ४०४ मत पायाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको