काठमाडौं : नेकपा एमालेका नेता गाेकुल बाँस्कोटाले नेपालकाे राजनीतिकाे मूल खेलाडी कांग्रेस र एमाले मात्र भएकाे बताएका छन् । इलाम र बझाङकाे निर्वाचनतर्फ लक्षित गर्दै उनले सामाजिक सञ्जालमा यस्ताे टिप्पणी गरेका हुन् ।
`नेपालकाे राजनीतिक मैदानका मुल खेलाडी दुईटा मात्र हुन। अरु छेउकुना भर्न मात्र मैदानमा रहेका हुन भन्दा दुई दिन अघि मात्र एक जना सगोत्री नेता म संग कार्यक्रमस्थलमै आगो भा थे।आखिर ईलाम र बझाङले त त्यही कुरा बतायो नि।तथ्य मनोगत आग्रहको बन्दी हुँँदैन है,´ उनले लेखेका छन् । बझाङमा कांग्रेस झिनाे मतान्तरले एमालेसँग पराजित भयाे भने इलाममा पनि कांग्रेसले एमालेलाई पछ्याइरहेकाे छ ।



