काठमाडौँ। बागमती प्रदेशको राजधानी हेटौँडामा दर्शक अट्ने अत्याधुनिक क्रिकेट रंगशाला र स्विमिङ पुल निर्माणको काम शुरू भएको छ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका ६ मा रहेको गौरीटार बहुउद्देश्यीय रंगशाला परिषद्मा क्रिकेट रंगशाला र स्विमिङ पुल निर्माणको प्रक्रिया अघि बढेको हो।

योसँगै नेपालमा केही वर्ष भित्रै अत्याधुनिक क्रिकेट रंगशाला र स्विमिङ पुल तयार हुने देखिन्छ।

‘बागमती प्रदेश सरकारले क्रिकेट रंगशाला र स्विमिङ पुल निर्माणको अनुमति दिएसँगै आजबाट हामीले काम शुरू गरेका हौँ,’ प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका स्वकीय सदस्य सचिव सूर्यलाल भण्डारीले भने,’१८ महिना भित्रमा सबै पूर्वाधार बनिसक्छ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको