काठमाडौं । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै देशभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ। संघका केन्द्रीय सदस्य नारायण पाण्डेकाे नेतृत्वकाे टाेलीले मेलम्ची नगरपालिकामा १७ बुँदे ज्ञापनपत्र बुझाएकाे हाे ।

आफ्नो ५५औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझावसहित ज्ञापनपत्र देशभरका स्थानीय तहमा बुझाएको हो।

सो क्रममा काठमाडौंमा नेविसंघका केन्द्रीय सदस्य विनोदराज जोशीलगायतका विद्यार्थीले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलााई ज्ञापनपत्र बुझाए। उनीहरूले विद्यालय शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्नुपर्ने, शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन गर्नुपर्ने, शिक्षा क्षेत्रको बजेट बृद्धि गर्नुपर्नेलगायका माग राखेका छन्।

नेविसंघ केन्द्रीय सदस्य नारायण पाण्डेले दिएको जानकारीअनुसार देशभरकै ७५३ वटा स्थानीय तहमा ज्ञापनपत्र बुझाइएको छ। ज्ञापनपत्रमा विद्यालयमा कार्यरत कर्मचारीलाई सरकारले तोकेको न्यूनतम परिश्रमिकभन्दा कम नहुने गरि भुक्तानी गर्नुपर्ने, वार्षिक शैक्षिक योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुपर्नेलगायत उल्लेख गरिएको छ।

१७ बुँदे मागपत्रमा प्रविधिमार्फत् बालबालिकामाथि हुने उत्पीडन एवं दूव्र्यवहार रोक्न ठोस नीति निर्माण गर्नुपर्ने, लागू औषध दुव्र्यसन रोक्न ठोस नीति कार्यान्वयन गर्नुपर्ने पनि उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको