काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वैशाख ८ मा इलाम–को चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।
यही वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डम्बर खड्काको चुनावी सभालाई महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने भएका हुन्।
इलामको लाँकुरी चौतारीमा वैशाख ८ गते १२ः३० बजे चुनावी खुला सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ। यसअघि इलाम-२ को घरदैलो अभियानमा सहभागी भएका महामन्त्री थापा ८ गते इलाम जाने कार्यक्रम छ।
इलाम– २ का चुनावी कमान्डर समेत रहेका अर्का महामन्त्री शर्मा अहिले पनि घरदैलो अभियानमा सरिक छन्। नेपाली कांग्रेस इलाम नगर समितिले महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने खुला सभा आयोजना गरेको छ।



