काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनाका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा खटिएको नेपाली सेनाको डफ्फा अदलाबदली भएको छ।
श्री भवानीबक्स गण पाँचौं डफ्फालाई बदली गर्न दी फेमस महिन्द्रदल गण छैटौं डफ्फामा सम्मिलित १९४ जनाको अन्तिम टोली गएको हो। टोली सेनानी हिराबहादुर घिमिरेको नेतृत्वमा यूएन चार्टर्ड उडानमार्फत सोमबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको हो।
उक्त मिसनबाट आफ्नो कार्यावधि सकेर टोली प्रमुख सेनानी रितबहादुर भण्डारी नेतृत्वको १९४ जनाको टोली आइतबार फर्किएको थियो। हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार २ सय ४१ जना कार्यरत रहेको जंगी जड्डाले जनाएको छ।
साथमा तस्बिर छन्। तस्बिर सौजन्य ः नेपाली सेना



