काठमाडौं : राष्ट्रिय सभाका पूर्वसदस्य खिमलाल देवकाेटाले विपक्षीसँग डराएर संसद अधिवेशन अन्त्य गर्ने निर्णय गलत भएकाे बताएका छन ।  सरकारले आज संसदकाे अधिवेशन अन्त्य गरेपछि देवकाेटाले यस्ताे प्रतिक्रिया दिएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा लगातार सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेेेमनथि छानवीन गर्न संसदीय समिति बनाउन माग गरेपछि  सरकार समस्यामा परेकाे थियाे । अहिले संसद अधिवेशन बन्द गरेर सरकारले गलत गरेकाे देवकाेटाकाे भनाई छ ।

`विपक्षीसंग तर्सेर/डराएर सरकारले जसरी अधिवेशनको अन्त्य गर्ने निर्णय गर्यो । यो गलत छ । सरकारले वुझोस्/जानोस् उसका लागि अहिलेको अधिवेशन भन्दा वजेट अधिवेशन महत्वपूर्ण हुन्,´ देवकाेटाले फेसबुकमा लेखेका छन्,` बजेट नै अध्यादेशबाट ल्याउने हो भने भन्नु केही छैन । तर समस्यको समाधान नखोजी संसदबाट भाग्नु किमार्थ राम्रो हैन । यसले गलत नजिर बसाल्छ । संसद कमजोर हुन्छ ।´

अगाडि उनले लेखेका छन्-

निजामती सेवा लगायतका केही महत्वपूर्ण विधेयकहरु प्रतिनिधि सभामा छन । दफावार छलफल लगायतका लागि संसदीय समितिमा जानबाट रोकीएका छन । यी विधेयकहरु सम्वन्धित समितिमा पठाउने काममा प्रमुख विपक्षी दल लगायतले सहयोग गर्न पनि त्यत्तिकै जरुरी छ । सरकारले समास्याको समाधन नखोजी अधिवेशन अन्त्य गरेर गलत गर्योनै । विपक्षीले पनि विधेयकलाई दफावार छलफल हुनबाट रोकेर अर्को गलत काम नगरोस् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको