लामोसाँघु । सिन्धुपाल्चोक जिल्ला लिग छनोटमा खुर्सानीबारी युवा क्लब र सिन्धुपाल्चोक फुटबल क्लब फाइनलमा प्रवेश गरेका छन्।
लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा शुक्रबार सम्पन्न अन्तिम सेमिफाइनलको खेलमा अँधेरी युवा क्लबलाई पेनाल्टीमा ४-३ गोलले पराजित गर्दै खुर्सानीबारी फाइनल प्रवेश गरेको हो।
निर्धारित समय १-१ को बराबरी खेलको निर्णय पेनाल्टी मार्फत गरिएको थियो। जसमा खुर्सानीबारीले बाजी मार्यो। योसँगै छनोटको फाइनल समीकरण पूरा भएको छ।
अब खुर्सानीबारीले उपाधिका लागि शनिबार (बैशाख) १ गते सिन्धुपाल्चोक फुटबल क्लबसँग खेल्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा सुनखानी युवा क्लबलाई ३-१ गोलले पराजित गर्दै सिन्धुपाल्चोक फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो।
गत २६ गतेबाट शुरू भएको प्रतियोगिताका दुई फाइनलिस्टले आगामी वर्ष आयोजना हुने लिग लिगमा स्थान बनाएका छन्।



