काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेकाे आराेप लगाएका छन् । सरकारका बारेमा मन्त्रीहरुका बारेमा प्रस्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यास भित्र पर्ने हुनाले यसाे गर्न नचाहनुले सरकार संसदकाे क्षेत्राअधिकार माथि नै प्रहार गरिरहेकाे उनले बताए ।

नेता सिंहले एकातिर संसद सुचारु गराउन नचाहने अर्कोतिर
लगानी समेलन आयाेजना गर्ने अनि कसरी लगानिकाे वातावरण बन्न सक्छ भन्दै उनले प्रश्न गरे । राजनीति स्थायीत्व नभएकाे अवस्थामा गरिने लगानि सम्मेलनकाे नतिजा कस्तो आउला सरकार ? सिंहले भने । मुलुकभित्रकाे राजनीतिक स्थायित्वकाे लागि वातावरण बनाउन केन्द्रित हुन समेत सुझाव दिनुभए । जबसम्म सरकार संसदीय छानबिन समिति बनाउँदैन तबसम्म कांग्रेस आफ्नो मुद्दा बाट ब्याक नहुने भन्दै लाखाै कराेडाै अर्बाै रकम हिनामिना भएकाे सहकारि प्रकरणमा कांग्रेसले आवाज उठाउँदा कांग्रेसमाथि आराेप लागे पनि जन्ता काे रकम हिनामिना काे एजेन्डा बाेकन् कांग्रेस पछि नहट्ने समेत बताए ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको