काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको कास्की जिल्ला कमिटीको दोस्रो बैठक सम्पन्न भएको छ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको प्रमुख आतिथ्यतामा ११औं जिल्ला अधिवेशन चैत्र २४ गते पोखरामा उद्घाटन गरि किशोर तिमल्सिनाको अध्यक्षतामा ७५ सदस्य कमिटी गठन भएको हो।

अधिवेशनबाट निर्वाचित अध्यक्ष किसोर तिमल्सिनाका अनुसार रिक्त रहेका पदाधिकारीहरु, कास्की जिल्ला अन्तर्गतका चार वटा गाउँपालिका र पोखरामा ३३ वडाहरुमा संयोजकहरु तोकिएको छ।

जिल्ला कमिटीको उपाध्यक्षमा विश्वनाथ सुवेदी, सचिब साजन तामाङ, उपसचिवहरु नारायण परियार, सन्दीप सुनुवार र कोषध्यक्ष विष्णु पौडेल निर्वाचित भएका छन्। त्यस्तै रुपा गाउँपालिका संयोजक बिजय सुवेदी, माछापुच्छ्रे गाउँपालिका सम्योजक विस्नु पौडेल, अन्नपूर्ण गापा संयोजक मनप्रसाद सुनुवार र मादी गापा समयोजक अनिल अधिकारी तोकिएको सचिब तामाङले बताए।

बैठकमा पार्टीका उपसचिव कपिल ढकाल, महानगर सचिव लगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको