काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०४७ पछि सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि छानविन गर्न समिति बजाउन प्रधानमन्त्रीसँग माग गरेका छन् । एक्समा प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै उनले यस्ताे माग गरेका हुन् ।
`सम्माननिय @PM_nepal_ लाई सार्वजनिक अपील !
१) विगतदेखि हामी सबैले माग गर्दैआएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समिति´को माग रास्वपाले अहिले जो अघि सारेको छ,यो उपयुक्त छ । गठन गरौं ´, महामन्त्री शर्माले लेखेका छन्, `सहकारी ठगिबारे `संसदीय छानबिन समिति´ गठन गरौं !´
कांग्रेसले संसदमा लगातार सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविनकाे माग गर्दै आएकाे छ । आज प्रतिनिधिसभामा कांग्रेसले साेही माग गर्दै संसद अवराेध गरेकाे थियाे ।
साे क्रममा लामिछानेकाे बचाउमा रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेले ०४७ यताकाे छानविन गर्न माग गरेपछि कांग्रेसले त्यसमा तयार रहेकाे सन्देश दिएकाे हाे । अब के रास्वपा र सरकार सहकारी ठगमाथि छानविन गर्न संसदीय समिति बनाउन सरकार तयार हाेेला ? चासाेका साथ हेरिएकाे छ ।



