काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वल्भ्स र नेपाल ए बीचको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम खेल आज हुदै छ ।

खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेबाट सुरु हुदै छ ।

पहिलो र दोस्रो एकदिवसीय पराजित नेपाल यो खेल जित्दै सिरिज क्लिन स्विप हुनाबाट जोगाउन चाहन्छ । उता, आयरल्यान्ड यस खेलमा जित निकाल्दै सिरिज क्लिन स्विप गर्न चाहन्छ ।

पहिलो एकदिवसीय २१ तथा दोस्रोमा नेपाल १ सय २१ रनले पराजित भएकोल थियो । दुवै खेलमा नेपालले कमजोर ब्याटिङ गरेको थियो ।

गतसाता सम्पन्न तीन खेलको टी(ट्वान्टी सिरिज पनि वुल्भ्सले २(१ ले जितेको थियो ।

एकदिवसीय सिरिजका लागि आयरल्यान्डले टी९ट्वान्टी खेलकै टोली खेलाउँदा नेपाली टोलीमा भने केही परिवर्तन भएको छ । नेपाली टोलीमा भीम सार्की, अर्जुन साउद, अर्जुन कुमाल, रिजन ढकाल जस्ता खेलाडी थपिएका छन् । नेपाली कप्तानमा भने विनोद भन्डारीको निरन्तरता रहेको छ ।

नेपाली टोली
विनोद भण्डारी ९कप्तान०, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, रन्जित कुमार, साहाब आलम, रुपेश सिंह, रिजन ढकाल, विकाश आग्री, मौषम ढकाल ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको