नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले बागमती प्रदेश र संघीय सरकार चाँडै नै परिवर्तन हुने बताउनुभएको छ ।

नव वर्ष २०८१ को अवसरमा नेपाली कांग्रेस सुनकोशी गाउँपालिका – काठमाडौं सम्पर्क समितिद्वारा भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्नुहुँदै पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले अहिलेकाे सत्ता गठबन्धनको नभइ सहकार्यको आधारमा भएको बताउँनुहुँदै याे चाँडै न‌ै परिवर्तन हुने बताउनुभएको हाे । “बागमती प्रदेश सरकार र संघीय सरकार याे गठबन्धन हैन, केही समयकाे सहकार्य हाे । चाँडै दुवै सरकार परिवर्तन हुन्छ । सकेसम्म हामीले जनताकाे पक्षमा बढी काम गराैं।” बस्नेतले भन्नुभयो ।

उहाँले नेपाली कांग्रेसले जीत हासिल नगरेसम्म जनताकाे विकास निर्माणका काम ठप्प हुने भन्दै सिन्धुपाल्चोकमा कांग्रेसले नजितेकाे समयमा कुनै ठूला काम र सडक निर्माण हुन नसकेको बताउनुभयो ।

“सडक, खानेपानी, स्कुल, स्वास्थ्य चाैकी हामीले नै बनायाैं। आवश्यक ठाउँमा स्वास्थ्यचाैकी बनाउन बजेट हालिदिएकाे छु, सरकारकाे नीति अनुसार नमिले पनि भाैगाेलिक रुपमा नमिलेका स्थानमा एउटै वडामा दुईवटा स्वास्थ्य केन्द्र बनाउन पनि व्यवस्था गरिदिएकाे छु ।” उहाँले भन्नुभयो ।

उहाँले सिन्धुपाल्चोकमा ३९ वटा स्वास्थ्यचाैकी भवन बनाउन एकै बर्ष बजेट व्यवस्थापन गरिदिएकाे बताउनुभयो । सिन्धुपाल्चोकमा वडादेखि जिल्ला तहसम्म कांग्रेसले गरेजति अरु पार्टीले जितेकाे बेलामा हुन नसकेको बताउनुहुँदै उहाँले बाढी, पहिलाे, भुकम्पमा सक्दाे काम गरेकाे जानकारी गराउनुभयाे ।

कार्यक्रममा सिन्धुपाल्चोकका काँग्रेस नेता डाक्टर प्रेमध्वज लामा ,पूर्व बन तथा वातावरण मन्त्री मसिना खड्का भन्डारी ,महासमिती सदस्य श्रवण कुमार जिसी (विनोद) , रामकुमार थापा , केदार क्षेत्री ,प्रेम लामा ,गाउँपालिका सभापति रूपकाजी लामालगायतका कांग्रेस नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको