काठमाडौं । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुँदैछ।

इलाम- २ मा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभाको उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ।

आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको