काठमाडौ : नेपाली कांग्रेका नेता प्रकाशमान सिंहले मंगलादेवी सिंह जे बाेल्याे त्यही गर्ने नेता भएकाे बताए।

मंगलादेवी सिंह प्रतिष्ठानले आज आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै मंगलादेवीका छाेरा समेत रहेका प्रकाशमानले घरबाटै छाेरा र छाेरीमा समानताकाे शुरूवात गरेकाे स्मरण गरे। `जे बाेल्नुहुन्थ्याे, काम त्यही गर्नुहुन्थ्याे। हाम्राे घरमा छाेराछाेरी बराबर थियाे´ उनले भने,` मंगलादेवी सिंहकाे जीवनबाट सिक्ने कुरा निरन्तरता हाे।

उहाँ महिला अधिकारका पक्षमा निरन्तर लाग्नुभयाे, कहिल्यै विश्राम लिनुभएन।´ अहिले नीति निर्माणकाे थलाेमा ३३ प्रतिशत महिला उपस्थिति हुँदा त महिलाहरूका लागि सहज नभएकाे भन्दै मंगलादेवी सिंहकाे बेलामा कस्ताे थियाे हाेला ? भन्दै संघर्षकाे सम्रण गरे। उनले महिलाहरूकाे आर्थीक सशक्तीकरणमा अब जाेड दिनुपर्ने बताए।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले आजकाे राजनीतिमा यति धेरै महिला आउनसक्नुमा हिजाे मंगलादेवी सिंहकाे आन्दोलनकाे उपलब्धी रहेकाे बताइन्। ` महिलालाई आरक्षणकाे कुरा मात्र गर्नुभएन मंगला मा ले अधिकारका लागि लड्न पनि सिकाउनुभयाे,´ उनले भनिन्।

कार्यक्रममा फाउन्डेसनकि उपाध्यक्ष भारती सिलवालले नेपालकाे पहिलाे नारीवादी मंगलादेवी सिंह भएकाे बताइन्। `मंगलादेवी सिंहले समान मताधिकार पाउनुपर्छ भन्दा अमेरिकामा पनि श्वेत महिलाले मताधिकार माग्दै थिए । मताधिकार थिएन, नेपालमा पाइसकेका थियाैं। यसकाे जस मंगलादेवी सिंहलाई जान्छ,´ उनले भनिन्।

फाउन्डेसनकाे अध्यक्ष सिर्जना सिंहकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा मंगलादेवीसँगै काम गरेका महिला नेतृहरूलाई सभापति शेरबहादुर देउवाले सम्मानपत्र वितरण गर्नुभएकाे थियाे।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको