काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन महिला सशक्तीकरण अनिवार्य भएकाे बताएका छन् । मंगलादेवी सिंह फाउन्डेनले आज काठमाडौंमा आयाेजना गरेकाे सम्मान कार्यक्रममा बाेल्दै कांग्रेसलाई बहुमतप्राप्त पार्टी बनाउन महिलाकाे भूमिका नभई सम्भव नभएकाे बताए ।
मंगलादेवी सिंहलेमहिला अधिकारका लागि जिवनपर्यन्त लडेकाे स्मरण गर्दै देउवाले कांग्रेस नेतृत्वमा बनेकाे संविधानले ३३% महिला सहभागिता संविधानमै सुनिश्चित गरेकाे पनि बताए । कांग्रेस पार्टीको विधानमा पनि संविधानअनुसारनै समावेशि विधान बनाएका छाैं । त्यसमानेमा कांग्रेस पूर्णरूपमा समावेशी छ ´ देउवाले भने, समावेशी समानुपातिकका कारणले पनि बहुमत आउन गार्हाे छ । अहिले ठुलाे पार्टी छ , अब बहुमत ल्याउने पार्टी बनाउनुपर्छ । महिलाकाे याेगदानविना सम्भव छैन । बहुमत ल्याउनका लागि सबै मिलेर काम गराैं ।´
कार्यक्रममा विशिष्ट अतिथि रहेका कांग्रेस नेता प्रकाशमान सिंहले मंगलादेवी सिंह जे बाेल्याे त्यही गर्ने नेता भएकाे बताए । मंगलादेवीका छाेरा समेत रहेका प्रकाशमानले घरबाटै छाेरा र छाेरीमा समानताकाे शुरूवात गरेकाे स्मरण गरे । जे बाेल्नुहुन्थ्याे, काम त्यही गर्नुहुन्थ्याे । हाम्राे घरमा छाेराछाेरी बराबर थियाे´ उनले भने,
मंगलादेवी सिंहकाे जीवनबाट सिक्ने कुरा निरन्तरता हाे । उहाँ महिला अधिकारका पक्षमा निरन्तर लाग्नुभयाे, कहिल्यै विश्राम लिनुभएन ।´ अहिले नीति निर्माणकाे थलाेमा ३३ प्रतिशत महिला उपस्थिति हुँदा त महिलाहरूका लागि सहज नभएकाे भन्दै मंगलादेवी सिंहकाे बेलामा कस्ताे थियाे हाेला ? भन्दै संघर्षकाे सम्रण गरे । उनले महिलाहरूकाे आर्थीक सशक्तीकरणमा अब जाेड दिनुपर्ने बताए ।
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले आजकाे राजनीतिमा यति धेरै महिला आउनसक्नुमा हिजाे मंगलादेवी सिंहकाे आन्दोलनकाे उपलब्धी रहेकाे बताइन् । ` महिलालाई आरक्षणकाे कुरा मात्र गर्नुभएन मंगला माले अधिकारका लागि लड्न पनि सिकाउनुभयाे,´ उनले भनिन् ।
कार्यक्रममा फाउन्डेसनकि उपाध्यक्ष भारती सिलवालले नेपालकाे पहिलाे नारीवादी मंगलादेवी सिंह भएकाे बताइन् । `मंगलादेवी सिंहले समान मताधिकार पाउनुपर्छ भन्दा अमेरिकामा पनि श्वेत महिलाले मताधिकार माग्दै थिए । मताधिकार थिएन, नेपालमा पाइसकेका थियाैं । यसकाे जस मंगलादेवी सिंहलाई जान्छ ,´ उनले भनिन् ।
फाउन्डेसनकाे अध्यक्ष सिर्जना सिंहकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा मंगलादेवीसँगै काम गरेका महिला नेतृहरूलाई सभापति देउवाले सम्मानपत्र वितरण गर्नुभएकाे थियाे।



