चितवन । आम जनता पार्टी (आजपा)को चितवन जिल्ला भेला आज सम्पन्न भएको छ । सम्पन्न जिल्ला भेलाबाट तुलबहादुर थापा मगरको अध्यक्षतामा ५१ सदस्यीय चितवन जिल्ला कमिटी गठन भएको छ।
उधोग वाणिज्य संघ नारायणगढको सभा हलमा सम्पन्न भेलाबाट उपाध्यक्षद्धयमा रामायण साह र राजजी विक, सचिवमा श्याम पटेल, सहसचिवमा निराजन साह र कोषाध्यक्षमा कौशिला बराल सहित सदस्यहरु निर्विरोध निर्वाचित भएको घोषणा भएको छ। चितवन जिल्लाको आजपा इन्चार्ज मिनबहादुर खत्री रहेका छन्।
यसैगरी सोही भेलाबाट आजपा निकटको बिभिन्न जनवर्गीय संगठनहरु समेत गठन भएको छ। आम महिला मोर्चाको चितवन जिल्ला कमिटीको अध्यक्षमा अस्मिता ठकुरी, सचिवमा पबित्रा ठकुरी लगायतका रहेका छन्। यस्तै आईटी आर्मी चितवन जिल्ला कमिटीको अध्यक्षमा विक्रम गुरुङ, सचिवमा निकाश मगर, कोषाध्यक्षमा श्रीराम सेढाई सहित ५१ सदस्यीय रहेका छन्।
यस्तै आम विद्यार्थी मोर्चा चितवन जिल्ला कमिटीको अध्यक्षमा संदिप कुशवाहा, आम किसान मोर्चाको जिल्ला अध्यक्षमा रंजित मगर, आम सुकुम्बासी मोर्चाको जिल्ला अध्यक्षमा लालबहादुरको नेतृत्वमा कमिटीहरु गठन भएको छ।
भेलाले आजपाद्धारा चैत २४ गते काठमाडौं गर्ने जनप्रर्दशमा भब्य जनसहभागीता गराउने निर्णय गरेको छ। देशमा बढदो भ्रष्टाचार एवं लुटकारी दलतन्त्रको बिरुद्धमा आजपाले चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्दैछ। सो जनप्रदर्शनमा चितवनबाट व्यापक सहभागिता हुने बताइएको छ।
आजपा चितवन जिल्ला कमिटीका नवनिर्वाचित अध्यक्ष तुलबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न सो भेलामा आजपाका वरिष्ठ उपाध्यक्षमा उपेन्द्र साह, उपाध्यक्ष अरुण घिसिङ, सचिव उमेश कुशवाहा लगायतको सहभागिता रहेको थियो।



