काठमाडौँ । महिला एसिया कप २०२४ मा नेपाल भारत र पाकिस्तान रहेको एकै समूहमा परेको छ। 

एसियाली क्रिकेट काउन्सील (एसिसि)ले मंगलबार जारी गरेको खेल तालिकाअनुसार नेपाल समूह ए मा नेपाल, भारत, पाकिस्तान र यूएई रहेको छ।

यस्तै समूह बी मा श्रीलंक, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन्।

प्रतियोगिता जुलाई १९ देखि २८ सम्म श्रीलंकामा आयोजना हुँदैछ।

नेपालले आफ्नो पहिलो खेल १९ जुलाईमा पाकिस्तानसँग खेल्नेछ। यस्तै दोस्रो खेल २१ जुलाईमा यूएई र अन्तिम खेल २३ जुलाईमा भारतविरुद्ध खेल्नेछ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको