काठमाडौँ । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज बहराइनको सामना गर्दैछ।

बहराइनको राष्ट्रिय रंगशालमा हुने यस खेल नेपाली समयअनुसार १२:४५ बजे शुरू हुने छ।

समूह एचमा रहेको नेपालले होम एन्ड अवेका आधारमा हुने छनोटअन्तर्गत अवे खेलमा बहराइनसाग खेल्न लागेको हो।

यसअघि गत बिहिवार सम्पन्न खेलमा नेपाल ५-० ले पराजित भएको थियो।

दशरथ रंगशालको मैदानको स्तर राम्रो नभएकोले नेपालले पहिलो होम म्याच बहराइनमै खेलेको थियो।

बहराइनसँग खेल्नुअघि नेपालले मलेसियासँग अभ्यास खेल खेलेको थियो। युनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ५(१ गोल अन्तरले पराजित भएको थियो।

नेपाल रहेको समूह ‘एच’ मा यूएई, बहराइन र यमन रहेका छन्। नेपाल पहिलो खेलमा यूएईसँग ४-०, दोस्रो खेलमा यमनसँग २-० र तेस्रो खेलमा बहराइनसँग ५० गोल अन्तरले पराजित भएको थियो। बहराइनले यसअघि यमनलाई २-० गोल अन्तरले पराजित गरेको थियो।

यस समूहमा शतप्रतिशत जितसहित यूएई अंक तालिकाको शीर्ष स्थानमा छ। यूएईले ३ खेलबाट ९ अंक जोडेको छ। बहराइनको समान खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ।

समान खेलबाट यमन ३ अंकसहित तेस्रो स्थानमा छ। नेपालभने जितविहीन र अंकविहीन रहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको