पोर्चुगलले मैत्रीपूर्ण खेलमा स्वीडेनलाई पराजित गरेको छ। इस्टाडियो डोम अफोन्सो हेनरिक्स स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले स्वीडेनलाई ५-२ गोल अन्तरले पराजित गरेको हो।

पोर्चुगलको जितमा राफेल लिओ, माथेउस नुनेज, ब्रुनो फर्नानडेज, ब्रुमा र गोन्कालो रामोसले गोले गरे। स्वीडेनका लागि भने भिक्टर ग्याकेरेज र गुस्ताफ निल्सनले गोल फर्काए।

खेलको २४औँ मिनेटमा नै राफेलले पोर्चुगललाई अग्रता दिलाएका थिए। त्यसको ९ मिनेटपछि नै नुनेसले पोर्चुगलको अग्रता दोब्बर बनाए। पहिलो हाफ सकिँन लाग्दा ब्रुनोले गोल गर्दै पोर्चुगलाई ३-० को अग्रता दिलाए।

५७औँ मिनेटमा ब्रुमाले गोल गर्दा पोर्चुगलले ४-० को फराकिलो अग्रता बनाएको थियो। तर, एक मिनेटपनि बित्न नपाउँदै भिक्टरले स्वीडेनको लागि गोल गर्दै खेल ४-१ को स्थितिमा ल्याए।

६१औँ मिनेटमा रामोसले गोल गर्दै खेल ५-१ मा पुर्‍याए। निर्धारित ९० मिनेटको समय सकिँन लाग्दा स्वीडेनका निल्सनले गोल गर्दै खेल ५-२ मा सक्काए।

यस खेलमा क्रिस्टियानो रोनाल्डोसहित पोर्चुगलका मुख्य खेलाडी थिएनन्। पोर्चुगलले अर्को मैत्रीपूर्ण खेल २७ मार्चमा स्लोभेनियासँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको