काठमाडौँ । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल घरेलु टोली बहराइन पराजित भएको छ।

शुक्रबार बिहान बहराइनको रिफ्फा सहर स्थित बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको हो।

बहराइनको जितमा माहदी अल हुमाइदान, सायद बाकर, अली मादन र इब्राहिम अलखताल समान १/१ गोल गरे।

पहिलो हाफमा गोल गरेको बहराइले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो।

नेपाल समूह ‘एच’ मा लगातार तेस्रो खेलमा पराजित भयो। यसअघि युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको हो। बहराइनको भने दोस्रो जित हो।

सुरुवाती दोस्रो मिनेटमै गोल ब्यहोरेको नेपालले ८ मिनेटमा पुन अर्को गोल ब्यहोरेको थियो।

यस समूहमा शतप्रतिशत जितसहित यूएई अंक तालिकाको शीर्ष स्थानमा छ। यूएईले ३ खेलबाट ९ अंक जोडेको छ। जितसँगै बहराइनको समान खेलबाट ६ अंकसहित दाेस्राे स्थानमा छ। बहराइनले यमनलाई २-० गोल अन्तरले पराजित गरेको थियो।

समान खेलबाट यमन अंकसहित तेस्रो स्थानमा छ। नेपालभने जितविहीन र अंकविहीन रहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको