काठमाडौं : नयाँ दिल्लीका मुखयमन्त्री अरविन्द केजरिवाल केहीबेर अघि पक्राउ परेका छन्।

आम आदमी पार्टीका अध्यक्ष समेत रहेका केजरिवाल निवासबाटै पक्राउ परेका हुन्। दिल्ली सराब घाेटालासँग जाेडेर उनलाई पक्राउ गरिएकाे हाे।

केजरीवाल दिल्ली रक्सी नीति मामिलामा प्रवर्तन निदेशालय (ईडी) द्वारा तीन पटक बोलाएपछि पनि अनुसन्धान एजेन्सीसामु हाजिर भएका थिएनन्। केजरीवाल दिल्लीमा निशुल्क शिक्षा, पानी र विजुलीका लागि नागरिकमा लाेकप्रिय मानिन्छन्।

उसाे त अहिले भारतमा चुनाव आउँदैछ। कांग्रेस आईकाे बैंक खाता राेक्का गरिएकाे छ। कांग्रेसकाे बैंक खाता राेक्का र केजरिवालकाे गिरफ्तारीलाई राजनीतिसँग पनि जाेडेर हेरिएकाे छ। भारतकाे सत्तारूढ भारतीय जनता पार्टी र साेही पार्टीबाट प्रधानमन्त्री बनेका नरेन्द्र माेदी विपक्षीप्रती आक्रामक देखिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको