काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह सम्मानित भएकी छन्।

मेयर साहले आफ्नो नगरपालिकामा उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित गरिएको छ। बालिका तथा समावेशी शिक्षा तर्फ मौलापुर नगरपालिकाकी मेयर साहले गरेको योगदानको उच्च मुल्यांकन गर्दै आरम्भ परियोजनाले सम्मानित गरेको हो।

काठमाडौंको हयात होटलमा आज आयोजित एक कार्यक्रमका बीचमा मेयर साहलाई सम्मानित गरिएको छ। विद्यालयका छात्राहरूलाई सहज रूपमा विद्यालय पहुँचको लागि साईकल वितरणको थालनी मौलापुर नगरपालिकाबाट भएको थियो।

यसैगरी विद्यालयका छात्राहरूलाई सेनिटरी प्याड वितरणको थालनी गदै मौलापुर नगरपालिकाकी मेयर साहले गर्दै उच्च शिक्षा अन्तर्गत सिभिल तथा जिओमेटिक्स इन्जिनियरिङमा डिप्लोमा तह सम्म छात्रालाई निःशुल्क अध्ययनको समेत व्यवस्थापन गरेकी छन्।

मौलापुर नगरपालिकाले माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई ल्यापटप वितरण, ‘हर हातमे हुनर’ कार्यक्रम अन्तरगत किशोरीहरुका लागि सिपमुलक तालिम सञ्चालन, १५ वटा विद्यालय भवन तर्फ १२५ वटा कक्षा कोठा निर्माण, सिटिइभिटीको साझेदारीमा २ वटा संकायमा डिप्लोमा तहको प्राविधिक शिक्षा संचालनमा, छोरीको विवाह खर्च अनुदान रु ३० हजार उपलब्ध गराउँने कार्य गरेकोमा त्यसैलाई मुल्यांकनको आधार बनाई मेयर साहलाई सम्मानित गरिएको हो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको