काठमाडौं । त्रिकोणात्मक श्रृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली हङकङविरुद्ध टस जितेको छ।

हङकङको मिसन रोड ग्राउन्डमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेको छ। त्रिकोणात्मक टी२० श्रृङ्खलामा पपवा न्युगिनी, हङकङ र नेपाल रहेका छन्।

आईतबार हङकङविरुद्ध खेलेको टिममा नेपालले तीन परिवर्तन गरेको छ।

नेपालले एसीसी प्रिमियर कप तथा विश्वकप तयारीका लागि सिरिजमा सहभागीता जनाउदै छ।

नेपाल र पीएनजीले यस वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपमा सहभागीता जनाउदै छन्। हङकङले भने नेपालसँगै एसीसी प्रिमियर कप खेल्दैछ।

नेपालको प्लेईङ-११
कुशल भुर्तेल, विनोद भन्डारी(विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, लोकेश बम, प्रतिश जिसी, करण केसी, अभिनास बोहोरा।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको