झापा गोल्ड कप आयोजक कमिटीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई कारवाही गरेको छ।
सोमबारको खेलमा एपीएफले खेल अनुसासन उल्लङघन गरेको भन्दै गोल्डकप आयोजकले कारवाही गरेको हो।
सेमिफाइनलमा प्रवेश गरेको एपीएफले सोमबार भएको खेलमा जर्सीसम्बन्धी नियम उल्लङघन गरेको थियो।
खेलाडीको नम्बर नभएका जर्सी भएका कारण सेतो टेप टाँसेर नम्बर बनाइएको थियो । टेप पनि बीचमा उक्किदाँ केही समय खेल अवरुद्ध भएको थियो।
एपीएफको त्यस गतिविधिको दर्शकबाट चर्को आलोचना भएको थियो।
मंगलबार बसेको प्राविधिक कमिटी र गोल्डकप आयोजक समितिको बैठकले एपीएफले गोल्डकप आयोजनाको नियम १० बमोजिम खेलाडीको जर्सीको रङग सम्बन्धी नियम उल्लङघन गरेको ठहर गरेको छ।
एपीएफमाथि गरेको कारवाहीको जानकारी अखिल नेपाल फुटबल संघलाई दिइएको छ।
एपीएफलाई प्रतियोगिताको नियमावलीको दफा २३ ९ख० बमोजिम कारवाही गरिएको हो।
एपीएफले आगामी दिनमा त्यस्तो गल्ती दोहोरिन नदिने लिखित प्रतिबद्धता आयोजक समक्ष गर्नुपर्ने निर्देशन दिईएको छ।
त्यसैगरी ११ हजार रुपैया जरिवाना गर्ने निर्णय भएको अध्यक्ष बिनोद बस्नेतले जनाएका छन्।



