काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य प्रीति राई तीन महिना मैदान बाहिर रहने भएकी छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनको घुँडा चोट लागेको र उनी तीन महिना मैदान बाहिर रहने जानकारी दिएको हो। एन्फाका अनुसार सातदोबाटोस्थित बी एन्ड बी अस्पतालमा सोमबार उनको घुँडाको शल्यक्रिया गरिएको छ।

वेष्ट एशियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइलनमा जोर्डनविरुद्ध खेल्दा प्रीतिले चोट बोकेकी थिइन्। दोस्रो हाफमा ७५औँ मिनेटमा उनलाई अनिता केसीले प्रतिस्थापन गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको