काठमाडौं । नयाँ सत्ता समीकरणसँगै नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा बिना विभागीय मन्त्रीहरू माओवादी केन्द्रका हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले शपथ लिएका हुन्।

गत वर्ष पुस १० गते एमाले सरकारमा सहभागी हुँदा पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री र डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री थिए। माओवादीले कांग्रेससँग गठबन्धन गरेपछि उनीहरु सरकारबाट बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको