काठमाडौं : राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले नयाँ बन्ने गठबन्धनले कांग्रेस प्रचण्डकाे एम्बुसबाट मुक्ति पाएकाे बताएका छन् । एमालेसहित नयाँ गठबन्धन बनेपछि वाग्लेले नयाँ ध्रुविकरण राम्राे भएकाे बताएका हुन् ।

`नयाँ गठबन्धन मात्रै होइन, कम्युनिस्ट पार्टीबीच पुन: एकता होस्, शुभकामना! त्यसपछि ३ शक्तिबीच ध्रुवीकरण हुनेछ- लोकतन्त्रवादी, कम्युनिस्ट र कन्जर्भेटिभ!,´ वाग्ल्ले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, `यो ध्रुवीकरणले अहिलेका धेरै विकृति-विसंगतिको अन्त्य गर्नेछ । गठबन्धनको नाममा प्रचण्डको एम्बुसबाट कांग्रेसले बेलैमा मुक्ति पायो!´

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको