काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले पराजित गरेको छ।

बुधबार त्रिवि क्रिकेट मौदनामा नेदरल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रनमात्रै बनाएको थियो।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ६३ रनको योगदान दिए। उनले उनले ३४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ५०, कुशल मल्लले ११ रन बनाए।

यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १८४ रन जोड्यो।

नेदरल्यान्ड्सका लागि साइब्रान्डले नटआउट ४९ रन जोडे । उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। नेपालका करण केसी र कुशल मल्लले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर