काठमाडौं । जारी त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएका नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा विकेट गुमाएर रन बनायो।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन बनाए। त्यस्तै, साइब्रान्ड इन्गलब्रेचले अविजित ४९ रन बनाउँदा कप्तान स्कड एडवार्ड ३३, तेजा निरामानुरु ३१ र म्याक्स ओडाउड ४ रनको योगदान दिए।

नेपालका करण केसी र कुशल मल्लले एक–एक विकेट लिए। यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर