फागुन १ काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरंकुश र सामन्ती राजाहरुको चंगुलबाट फुत्किएका हामी दलहरुको चौतर्फी घेराबन्दीमा परिरहेको बताएका छन्।

माओवादी केन्द्रको प्रथम विधान अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले माओवादीले रानीतिक रंगमञ्चमा ल्याएका दलहरुले माओवादी नेतृत्वलाई हेप्न थालेको बताए।

उनले भने, ‘सात राजनीतिक दलहरुलाई त्यतिबेलाको निरंकुश र सामन्ति राजाहरुको चंगुलबाट फुत्काउन सक्ने र उनीहरुलाई राजनीतिकको रंगमञ्चमा ल्याउनसक्ने शक्ति माओवादी हो। अहिले हामीले कहाँ-कहाँ कमजोरी गर्यौं, अलि बढि नै हेपाई खाइरहेका छौँ। अहिले माओवादी आन्दोलनलाई माओवादीको नेतृत्वलाई, एजेण्डालाई, माओवादीले गरेको त्याग र बलिदानलाई अपमान गर्ने कोसिस तिनै दलहरुले गरिरहेका छन्।’

माओवादी केन्द्रको दुरगामी इतिहास र परिवर्तनको पक्षमा बलिदान दिएको सम्मानका लागि माओवादीहरु एक ठाउँमा उभिन ढिला भइसकेको उनको भनाइ थियो।

उनले भने, ‘देशभरिका कार्यकर्तालाई हाम्रो दुरगामी इतिहास र परिवर्तनका पक्षमा जाग्न अपिल गर्दछु। मधेशी र दलित महिलाहरुले जसले सबैभन्दा बढि यो परिवर्तनका लागि बलिदान दिनुभएको छ। हामीले गरेको आन्दोलनमा सहिद नभएको कुनै जाती छैन। सबैको अस्तित्वलाई सम्मन गरौं। यसको मौलिकता र महानता नै यही हो।‘

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर