काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झापाबाट मेची- महाकाली संंवाद यात्रा शुरू गर्ने भएका छन् । समुदायमा कांग्रेस अभियानअन्तर्गत थापाले माघ १३ गते भद्रपुुर मेची पुलबाट अभियान थाल्ने छन् ।
माघ १३ गते झापा भद्रपुर मेचीपुलबाट सुरू भएर मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली हुँदै कञ्चनपुरसम्म यात्रा हुने थापाकाे सचिवालयले जनाएकाे छ ।
`संवाद यात्रा अब तपाईँसँग मेरो भेट तपाईँकै गाउँमा, तपाईंकै ठाउँमा !
समुदायमा कांग्रेस अभियान अन्तर्गत म माघ १३ गते भद्रपुर वडा नं.५ मेचीपुल भन्सारबाट तपाईँसंगको संवाद यात्रामा हुनेछु,´ थापाले संवमद यात्राकाे पाेस्टर सार्वजनिक गर्दै आफ्नाे फेसबुुुकमा लेखेका छन् ।



