पाेखरा :नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसलाई नम्बर १ पार्टी बनाउन राम्राे पर्फमेन्स गर्नुपर्नेमा जाेड दिएका छन् । आज पाेखरामा आयाेजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बाेधन गर्दै नेता सिंहले सबैले प्राप्त जिम्मेवारीमा राम्राे पर्फमेन्स गरे कांग्रेस आगामी दिनमा पनि नम्बर १ पार्टी हुने बताए ।

सबैले प्राप्त जिम्मेवारी राम्राेसँग पूरा गरे पार्टी आफै सुदृढ हुने भन्दै नेता सिंहले एकले अर्काेलाई आक्षेप लगाएर पार्टी उँभाे नलाग्ने पनि बताए । कार्यकर्तामा न‌ैराशयता आउनु नराम्राे हुने भन्दै उनले नेतृत्व सजग हुनुपर्ने पनि बताए । नेता सिंहले मुद्दाहरूमा पार्टीभित्र फरक मत हुनु स्वभाविक भएकाे पनि बताए । अहिले चुनाव अघिकाे गठबन्धन कि पछिकाे भन्नेमा पार्टीभित्र बहस चलिरहेकाे भन्दै महासमिति बैठकमा यसबारे पनि छलफल हुने भन्दै उनले कार्यकर्ताहरूलाई सुझाव दिन पनि आग्रह गरे । पार्टीलाई बलियाे बनाउन सिर्जनात्मक र तथ्यगत सुझाव दिन आग्रह गर्दै उनले क्रियाशिल सदस्यदेखि पदमा रहेकाहरूसमेत जिम्मेवार हुनुपर्नेमा जाेड दिए । उनले राष्ट्रिय सभामा पार्टीले बनाएका उमेदवारलाई जिताउनका लागि लाग्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर