काठमाडौं : अर्थन्त्री डा. प्रकाशशरण महत भारतकाे गुजरातमा हुने कार्यक्रममा सहभागी हुन प्रस्थान गरेका छन् । आज उनी गुजरातका लागि प्रस्थान गरेका हुन् ।
मन्त्री महत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने `गुजरात भाइब्रेन्ट २०२४´ मा सहभागी हुनेेछन् । याे कार्यक्रममा पांच वटा देशका राष्ट्रपति/प्रधानमन्त्रीहरू तथा २४ देशका मन्त्रीहरूको सहभागिता रहने छ। सामाजिक सञ्जाल एक्स र टेस्लाका मालिक एलन मस्क पनि गुजरातमा छन् । गुजरातबाट टेस्ला गाडी उत्पादन गर्ने गरि प्रस्ताव गर्न मस्क गुजरात आएका छन् भने काेरिया, जापान लगायतका ठुला व्यवसायी पनि सहभागी हुनेछन् ।
कार्यक्रममा अर्थमन्त्री महतले नेेपालमा लगानी भित्राउन पहल गर्ने छन ।



