काठमाडौं : आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । क्रबार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला१ लाख नौ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर