काठमाडौं : डा.गोविन्द केसीले आफूहरुसँग गरिएका सहमति कार्यान्वयन नभए कुनै पनि बेला अनसन सुरु हुनसक्ने चेतावनी दिएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै, केसीले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला सत्याग्रहसहितका शसक्त आन्दोलन गर्न बाध्य हुने सरकारलाई चेतावनी दिएका छन्। साथै उनले शिर्ष नेताहरु नेपालीको सम्पर्कबाहिर रहेको भन्दै उनीहरुको माफियाहरुसँग उठबस भइरहेको बताएका छन् ।
चिकित्सा शिक्षा ऐन अनुरुप र हामी संग वारम्वार सम्झौता भए अनुरुप प्रत्येक प्रदेशमा २०८० सम्म कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान निर्माण भएर संचालन मा आई सक्नु पर्ने भन्ने छ । सुदुरपश्चिम को कैलालीको गेटामा वाहेक अरु प्रदेश मा निर्माण कार्य शुरु नै भएको छैन । माफिया हरुसंगको मिलोमतोमा रोकेर राखिएको छ। निर्माण कार्य पूरा भै सकेको गेटा संचालनमा आउन दिइएको छैन रोकेर राखिएको छ। नरोकेको भए डाक्टर, नर्स लगायत हजारौ जनशक्ति हरु उत्पादन भै सक्थे। लाखौं ले गुणस्तरिय विशेषज्ञ स्वास्थ्य सेवा पाउने थिए। उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



