काठमाडौ : उज्यालाे पार्टी नेपालका अध्यक्ष एवम् काठमाडौं ३ का उम्मेद्वार कूलमान घिसिङमाथि मतदान केन्द्रमा दुर्व्यवहार भएकाे छ । उनकाे सचिवालयका अनुसार मतदाा केन्द्रमा खटिएका कर्मचारी र सुरक्षा निकायबाट दुर्व्यवहार भएकाे हाे ।
घिसिङ मतदान गर्न जाँदा उनलाई मतदान केन्द्रमा पछ्याइरहेका सञ्चारकर्मीले तस्विर समेत लिन दिइएन । जबमी अन्य दलका शिर्ष नेताहरूले मतदान गरेका तस्विर कैद गर्न दिइएकाे छ । उज्यालाे पार्टीका नेताहरूले घिसिङमाथि असामान्य व्यवहारकाे निन्दा गरेका छन् ।



