काठमाडौं : फागुन २१ काे चुनावअघि महाधिवेशनबारे नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई वटा विकल्प प्रस्तुत गरेका छन् । साेमबार इलाम सदरमुकाममा आयाेजित कार्यक्रममा शर्माले यस्ताे विकल्प प्रस्तुत गरेका हुन् ।
`समय घर्किंन्दै गयो, अब नियमित महाधिवेशन संभव हुन्छ ? तपाईं साथीहरूको जिज्ञासामा- म प्रष्ट छु, सबै एक्यवद्ध भएर जुटौं, महाधिवेशन संभव छ, विकल्प दुईवटा छन् ,´ उनले भने ।

महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेका २ विकल्प-

• पहिलो विकल्प –
पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्नेगरी अबको बैठकबाट कार्यतालिका निर्माण गर्ने l महाधिवेशन तयारी क्रममा केहिदिन समय नपुग्नसक्ने अवस्था देखिए, थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्ने ।
( समानुपातिकको सुची बुझाउने मिति या फागुन २१ कै चुनाव पनि केही पछि सर्न सक्छ । शान्तिपूर्ण वातावरण बन्नुपर्ने आवश्यकता र हिमाली क्षेत्रको मौसमी प्रतिकुलता दृस्टिगत गरेर थोरै पछि सर्नसक्ने संभावनालाई राजनैतिक सहमति मार्फत हल खोज्नु उत्तम )

दोस्रो विकल्प –
पार्टीका आदरणीय सभापतिज्युले देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर `सुवर्ण शमशेर पथ´ पछ्याउन सक्नुहुन्छ, भन्ने मलाई लाग्छ । त्यो भनेको ०१४ सालमा झैं स्वयं सभापतिले मार्गप्रशस्त गर्ने । त्यसले एकातर्फ पार्टीले निकास प्राप्त गर्छ, अर्कोतर्फ उहाँको सम्मान र अभिभावकत्वको भुमिकाले उचाई पाउनेछ । ५४% महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान सक्दैन ।
( तब ०८२ मंसिर मसान्तमा बिशेष महाधिवेशन, ०८३ मंसिरमा नियमित महाधिवेशन गर्न सकिनेछ )

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको