काठमाडाैँ। गैर–आवासीय नेपाली संघ स्पेन को २५/२७ कार्यकालको प्रथम बैठक सम्पन्न भएको छ । १४ अगस्ट बिहीवारको दिन सघं का अध्यक्ष श्री सन्तोष श्रेष्ठको अध्यक्षतामा सघंको कार्यलय मा भौतिक तथा जुम मार्फत सम्पुर्ण कार्यसमिति को उपस्थितिमा बैठक बस्दै विभिन्न प्रस्तावहरु माथी छलफल गरि निम्न निर्णयहरू गरेको छ ।

१. धन्यवाद ज्ञापन सम्बन्धी निर्णय
१. ३० जुलाइमा सम्पन्न गैर–आवासीय नेपाली संघ, स्पेनको नवौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई सहयोग गर्नु भएका सम्पूर्ण पञ्जीकृत सदस्यहरू, निवर्तमान कार्यसमिति, सम्पूर्ण संघ–संस्था र निर्वाचन समितिप्रति नवगठित कार्यसमितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गररिएको छ ।

निवर्तवान समितिबाट सम्पूर्ण जिन्सी तथा नगद, बैंक खाता बुझिलिएको जानकारी नवनिर्वाचित समितिमा जानकारी गराइएको छ।

स्पेनमा रहेका विशेष गरी नव–आगन्तुक नेपाली समुदायलाई लक्षित गर्दै विभिन्न सामाजिक सेवा–मूलक गतिविधि सञ्चालन गर्ने तथा बार्सिलोना क्षेत्रमा राहदानी (पासपोर्ट) बनाउने व्यक्तिहरूको संख्या अत्यधिक भएको र आपतकालीन अवस्था देखिएकाले, दूतावासको सल्लाहअनुसार सेप्टेम्बरको पहिलो वा अन्तिम हप्तामा घुम्ती टोली बोलाउने निर्णय गकेको छ ।

त्यस्तै भाषा कक्षा सञ्चालनको जिम्मेवारी सदस्य श्री मोहन गौतमलाई दिने, प्रशिक्षक सुश्री संगीता श्रेष्ठ मार्फत कक्षा सञ्चालन गर्ने, कक्षा दुई समूहमा विभाजन (प्रत्येकमा २५/२५ जना सम्मको भर्ना लिईने छ । सुशी (Sushi) तालिमका लागि संयोजक श्री नारायण सुबेदीलाई तोक्ने, प्रशिक्षक सल्लाहाकार श्री शिव गौतममार्फत तत्काल सञ्चालन गर्ने।
राहत वितरणका लागि सुलभ मूल्यका प्याकेज तयारी गरी आपतकालीन अवस्थामा रहेका नेपालीहरूलाई पहिलो चरणमा वितरण गर्ने। जुम मार्फत स्पेनी भाषा कक्षा सञ्चालनको जिम्मेवारी महासचिब श्री नबिन घिमिरेलाई दिने, उपाध्यक्ष श्रीमती मालती पन्त प्रशिक्षक रहने छिन् । अनलाईनबाट कानुनी परामर्श सेवा सञ्चालन गर्ने , समस्याहरु संकलन गरी संजालबाटै समाधान र तरिकाहरुका बारेमा जानकारी दिने र उक्त कार्यका लागि सन्तोष पौडेल, रामकृष्ण पुडासैनी , सुरेन्द्र भुजेल र बिदुर गौतमको टोली बनाइएको छ । जटिल अबस्थामा आबश्यक परेमा वकिलसंग परामर्श गरी समेत सेबा दिने निर्णय भएको छ ।

त्यस्तै करियर काउन्सेलिङ सञ्चालनका लागि संयोजक श्री दीपक बस्नेतलाई तोक्ने र प्रस्तुतकर्ताहरुमा साईग्रेस पोखरेल , पूजन तिमिल्सेना र प्रविन लोहार रहनेछन् ।
दूतावास सम्बन्धी समन्वय टोलीको संयोजक श्री एकराज गिरी तथा सदस्यमा गुरु सुवेदी र दीपा तामाङ राख्ने निर्णय गरिएको छ । सांस्कृतिक कार्यक्रम सम्बन्धी निर्णय अनुसार दुर्गा पूजाका लागि मूर्ति खरिद गरी बार्सिलोना ल्याउने जिम्मेवारी बरिष्ठ उपाध्यक्ष श्री शुरेन्द्र भुजेल थापालाई दिने र नवरात्रीको दुर्गा पूजा–अर्चना आयोजना गर्न संयोजकमा पूरुषोत्तम भट्टराई, उप–संयोजक श्रीमती जमुना देवी सापकोटा र सदस्यहरूमा पण्डित टिकाराम शास्त्री, पण्डित कुलचन्द्र पन्थी, पण्डित सागर काफ्ले र पण्डित कमल अधिकारी रहने निर्णय गरिएको छ । वार्षिक “दशैं–तिहार सांस्कृतिक साँझ” आयोजना गर्न संयोजक श्री सुवास बहादुर बिष्टलाई संयोजक तोक्ने र थप छलफल गरी अगाढी बढ्ने निर्णय पनि भएको छ ।

भाषा पुस्तक छपाई गर्ने निर्णय पनि भएको र उक्त कार्य गर्न श्री चन्द्रकान्त पोख्रेललाई संयोजक तोक्ने र नेपाल बसाईको क्रममा छपाई सम्बन्धी सहयोग गर्न उपाध्यक्ष दिपक बस्नेतलाई जिम्मेबारी दिदै २,००० प्रतिको स्पानिस भाषा सिक्ने पुस्तक नेपालबाट छपाई कुरियर मार्फत ल्यायर संस्थाका पञ्जीकृत सदस्यलाई निशुल्क र अन्यलाई एकदमै न्यून शुल्कमा वितरण गर्ने निर्णय गरिएको छ ।

बैठकले एनआरएनए स्पेनको संरक्षकमा चिन्तामणि सापकोटा, मुक्त बहादुर गुरुङ,एकराज गिरी, दिनेश गिरी र दिनेश गुरुङ रहने र सल्लाहकारमा सन्दीप मोहन भट्टराई, बिदुर गौतम, सुन्दर रानाभाट, रितेश श्रेष्ठ, लालबहादुर खत्री, ओम बनियाँ, शिव गौतम, दीपक क्षेत्री, साईग्रेस पोखरेल, दिपेन्द्र प्रकाश अर्याल र पुष्पराज भण्डारीलाई मनोनयन गरेको छ । त्यस्तै बिल्बाउ क्षेत्रीय सचिवमा महेश पंगेनीलाई मनोनयन गरेको छ । त्यस्तै सदस्यमा रबिन सोडारी, अनुप सिंह भण्डारी, पुष्कर केसीलाई मनोनयन गरिएको हो । बैठकले विभिन्न समितिहरू गठन जिम्मेवारी सम्बन्धी निर्णय पनि गरेको छ ।

लेखा समितिको संयोजक श्री दीपक बस्नेतलाई जिम्मेवारी दिॅंदा सदस्यमा श्री नारायण सुबेदी र सुमन खड्का रहनेछन् । त्यस्तै अनुशाशन समितिको संयोजकमा जमुना देवी सापकोटा र सदस्यहरू आगामी बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।

संगठन तथा संघ–संस्था समन्वय समितिको संयोजकमा अध्यक्ष सन्तोष श्रेष्ठ रहने र सदस्यमा एनआरएनएका पूर्व आइसीसी सदस्य , पुर्ब अध्यक्ष तथा सबै संस्थागत अध्यक्षहरू मिलाएर “अध्यक्ष बोर्ड” गठन गर्ने निर्णय भएको छ । विधान समितिको संयोजकको जिम्मेवारीमा महासचिब नबिन घिमिरे र सदस्यहरू आगामी बैठकमा प्रस्ताव गर्नेछ ।

बैठकले खेलकुद सम्बन्धी निर्णय पनि गकेको छ एनआकएनए कप फुटबल प्रतियोगिता” आयोजना गर्ने र बालबालिकाका लागि खेलकुद कार्यक्रम सुरु गर्ने छ उक्त कार्यका लागि संयोजकको जिम्मेवारी श्री विष्णु बहादुर सार्कीलाई तोकिएको र पाठशाला संग समन्बय गर्ने निर्णय गरिएको छ । महिला विभाग सम्बन्धी निर्णय अन्तर्गत संयोजकको
जिम्मेवारी श्रीमती जमुना सापकोटालाई दिइएको छ। त्यस्तै सूचना कक्ष (Information Desk)को संयोजकको जिम्मेवारी श्री प्रविन लोहारलाई दिईएको छ । त्यस्तै क्षेत्रीय समिति समन्वयको संयोजकको जिम्मेवारी श्री देवराज सापकोटा दिईयो ।

नयाँ सदस्यता खुल्ला गर्ने सम्बन्धी निर्णय भएको छ । पछिल्लो अधिवेशनमा केही सदस्य बन्न नपाएको गुनासोलाई समेत सम्बोधन गर्दै यसपटक नयाँ सदस्यता पनि आगामी सेप्टेम्बर १ गतेदेखि खुला गर्ने निर्णय गरिएको छ। अन्य निर्णयमा गकिएको सबै निर्णयहरू लिखित रूपमा अभिलेख राखी सदस्यहरूलाई जानकारी दिने र हरेक महिनाको अन्तिम वा पहिलो हप्ता बिहीवार नियमित मासिक बैठक गर्ने र त्यसको सूचना ५ दिन अगाडि दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर