दिपेश रोक्का । बहुप्रतिक्षित चलचित्र कोशेढुङगा अगामी भदौ १२ गते देशव्यापी रुपमा प्रदर्शनमा आउने तयारीमा रहेको छ । यो चलचित्र ब्लकबस्टर चलचित्र पूर्णबहादुर सारङ्गीका निर्देशक सरोज पौडेलको निर्देशनमा तयार भएको हो । त्यसैले पनि यो सिनेमा अहिले आम दर्शकका लागि प्रतिक्षाको विषय बनेको छ । जसरी कम आँकिएको पूर्णबहादुरको सारङ्गीले नेपाली सिने क्षेत्रमा नयाँ रेकर्ड कायम गर्यो, कोेशेढुँगाले नयाँ कोशेढुँगा निर्माण गर्ने चर्चा अहिले सिने बजारमा छ । अहिले सार्वजनिक भएका पोस्टर,गित र अन्य सामाग्रीले नै दर्शको कोतुहलता बढाएको छ ।

कोशेढुङगा सामाजिक ड्रामा शैलीको कथामा निर्माण भएको सिनेमा हो । जसले ग्रामीण जीवन , संघर्ष र सपनाहरुको उजार गर्छ । यो कथाले आम नेपालीको मनछुने निर्माण पक्षको दाबी छ । कलाकारहरुको लाइनअप पनि सिनेमाको अर्को बलियो पक्ष हो । आर्यन सिग्देल , सुरक्षा पन्त , ऋचा शर्मा , निती शाह लगायतका कलाकारहरुको दमदार अभिनय सिनेमा देख्न सकिन्छ ।

पछिल्लो समय मुर्झाएको नेपाली सिने क्षेत्रलाई कोशेढुँगाले प्राण भर्ने अपेक्षा गरिएको छ । प्रारम्भिक संकेतले सिनेमाप्रति दर्शकको रूझान गजबको देखिएको छ ।

चलचित्र ४० भन्दा बढी देशहरुमा एकैसाथ प्रदर्शन हुँदैछ । जुन नेपाली सिनेमाका लागि नयाँ रेकर्ड हो । डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक ‘कोशेढुंगा’ एकसाथ ४० देशका हलहरूमा रिलिज गर्न लागिएको अन्तर्राष्ट्रिय वितरक कम्पनी सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालले जानकारी दिइसकेका छन् । नेपाली सिनेमाको डायस्पोरा इतिहासमा पहिलो पटक यति धेरै देशमा एकसाथ चलचित्र प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा गरिएको छ ।

निर्देशक पौडेलको निर्देशन रहेको यो चलचित्र ‘कोशेढुंगा’को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ । काठमाडौंमा पनि सेट लगाएर यो सिनेमाको छायांकन गरिएको छ । गाउँले सेटअपमा यो सिनेमाले मौलिक कथा पस्किनेछ । निर्देशकिय क्षमतामा आफूलाई अब्बल प्रमाणित गरिसकेका पौडेलले चलचित्र कोशेढुँगामा पनि कुनै कसर बाँकी राखेका छैनन् भन्ने संकेतहरु देखिइसकेका छन् । उनको आत्मविश्वासले पनि त्यसको झल्को दिन्छ ।

एक साता अघि यो चलचित्रको तिज गीत नत्रभने जिन्दगी व्यर्थ छ सार्वजनिक मात्र भएन, राम्रै चर्चा कमायो । ब्लकबस्टर चलचित्र पूर्णबहादुरको सारङ्गीका निर्देशक पौडेलले निर्देशन गरेका हुनाले यो चलचित्रले पूर्ण बहादुर सारङगीको रेकर्ड ब्रेक गर्ने अपेक्षा गरिएको छ । विगतमा पनि लगातार नेपाली सिनेमा फ्दप भइरहेका बेला आएको पूर्णबहादुरको सारंगीले नयाँ नयाँ रेकर्ड बनायो । नेपाली सिनेमा हेर्न दर्शकलाई हलसम्म तानेर ल्याउन सफल भयो । सारमा भन्दा सो सिनेमाले एक हिसावले लय गुमाइसकेकाने नेपाली फिल्म क्षेत्रलाई नयाँ जीवन दियो । पछिल्लो समय मुर्झाएको नेपाली सिने क्षेत्रलाई कोशेढुँगाले प्राण भर्ने अपेक्षा गरिएको छ । प्रारम्भिक संकेतले सिनेमाप्रति दर्शकको रूझान गजबको देखिएको छ । ब्लकबस्टर निर्देशक पौडेलको कोशेढुँगाले यसअघिको रेकर्ड ब्रेक गर्न सफल बनोस्, शुभकामना

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर