काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपाल दुई विभाजित हुनबाट बचेको छ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल समूह निकटको युवा संघले बुधबार काठमाडौंमा छुटै भेला गरेको सम्पन्न गरेको छ।

काठमाडौं उपत्यका स्तरीय युवा संघ केन्द्रिय भेलालाई संघ मातहतको उपत्यका प्रदेश कमिटीको आयोजनामा कार्यक्रम गरि सम्पन्न गरेको छ। संघको जिम्मेवार नेताका अनुसार उक्त समानन्तर भेला नगर्न पार्टी महासचिव घनश्याम भुसालले निर्देशन दिएको बुझिएको छ। सो बमोजिम रामकुमारी झाक्री कार्यक्रममा उपस्थित भएन।

संघको भेलालाई युवा संघका सहसम्योजक सन्जिप राई, सचिबहरु सुशील भट्टराई, अनिल बोगटी र भेषराज शाहले सम्बोधन गरेका थिए । सो समुहको नेतृत्व गरेका नेता राईले कार्यक्रमलाई सम्बोधन गर्दै “चार बर्षबाट युवा संघमा भएको विवाद पार्टीले हल गर्न नसकेका कारण युवा संघको मामिला युवा संघले मिलाउने” भन्दै सबै कमिटीहरुलाई गतिविधि गर्न निर्देशन गरेका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल निकटको युवा संघका संयोजक रोशन थापा समूह र झलनाथ-घनश्याम समूहका सन्जिप राई बीचमा संघभित्र लामो समयदेखी विवाद रहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर