काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपाल दुई चिरामा विभाजित भएको छ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल समूह निकटको युवा संघले बुधबार काठमाडौंमा छुटै भेला गर्दैछ।

काठमाडौं उपत्यका स्तरीय हुन लागेको भेलाको संयोजन युवा संघका सहसंयोजक संजीप राईले गर्दैछन्। पार्टी अध्यक्ष माधवकुमार नेपाल निकटको युवा संघका संयोजक रोशन थापा समूहले र राई समूहका बीचमा संघभित्र लामो समयदेखी विवाद रहेको छ।

पार्टी अध्यक्ष नेपालले संघ भित्रको समस्या समाधान गर्न चासो नदिएको भन्दै खनाल र भुषाल निकटका युवाले छुटै भेला गर्न लागेका हुन्। पार्टीमा युवा संघ, विद्यार्थी संगठन अखिललाई लिएर विवाद चर्किदै गएको छ। अखिलमा पनि समान्तर कमिटी रहेको छ। युवा संघको विवाद पार्टीले समाधान गर्न चासो नदिएपछि अब छुटै कमिटी गठन र घोषणा अघि काठमाडौं उपत्यका स्तरी भेला गर्न थालिएको हो।

अब अन्य प्रदेश र जिल्ला–जिल्लामा समेत युवा संघको समानान्तर कमिटी गठन गर्दै अगाडी बढने रणनीतिमा राई समूहको युवा संघ रहेको छ। राई समूहले भेला गर्न लागेको संघ काठमाडौं उपत्यका स्तरीय भेलाको प्रमुख अतिथि एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाक्री रहेकी छन्। बुधबार अनामनगरको तमु बौद्ध भवनमा सो भेला हुँदैछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर