काठमाडौँ। नेकपा एकीकृत समाजवादीको युवा संघ नेपालले उपत्यकामा भेला बोलाएको छ।
लामो समय देखि आन्तरिक विवादका कारण युवा संघको बैठक र गतिविधि भएको थिएन । उपत्यकास्तरीय युवा विशेष भेला भन्दै भोलि साउन १४ गते
संघका उपामहासचिव एवं प्रवक्ता सन्जिप राई पक्षधरले युवा भेला बोलाएका छन् । नेता राईले अनामनगरको बौद्ध गुम्बामा बैठक बोलाएका छन्।
प्रवक्ता राई ले युवा संघको गतिरोध र यथास्थितिलाई तोडन संघका उपलब्ध नेता कार्यकर्ताको उपत्यका व्यापी भेला बोलाएको बताएका छन् । यसअघिदेखि नै युवा संघमा विवाद छ। नेता राई झलनाथ खनाल-घनश्याम भुसाल पक्षधर हुन् ।



