काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखरा पुगेको खुलेको छ। उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए।
उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए।
उनका अनुसार तीन वटा कोठा लिएर उनीहरू बसेका थिए। १५र१६ जना नै आएको भए पनि कति जना भन्ने यकिन गर्ने काम भइरहेको उनले बताए।
यसबारे होटल सञ्चालकले प्रहरीलाई खबर गरिसकेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले पनि उनीहरू पोखराको उक्त होटलमा आएर बसेको पुष्टि गरे।



