काठमाडौं  : शहरी विकास तथा भवन निर्माण विभागले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट काम गर्ने तीन निकायलाई पुरस्कृत गरेकाे छ । आव ०८१/८२ मा सञ्चालित वार्षिक कार्यक्रमको कार्यान्वयन, आयोजनाको समग्र व्यवस्थापन, बेरुजु फछ्यौट एवं आन्तरिक व्यवस्थापन सुधारमा उत्कृष्ट कार्य सम्पादन गरेबापत आयोजना तथा कार्यालय प्रमुखलाई बधाई सहित प्रशंसा पत्र प्रदान गरिएकाे हाे । नगरकाेटमा सम्पन्न विभागकाे वार्षिक समीक्षा र नयाँ आवकाे कार्यक्रम कार्यान्वयनबारे आयाेजित कार्यक्रममा सम्मान गरिएकाे थियाे । प्रमुख अतिथि शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले पुरस्कृत हुनेहरूलाई प्रशंसा पत्र र सम्मानपत्र हस्तान्तरण गर्नुभएकाे थियाे ।

काे काे भए सम्मानित ?

१.संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय मोरङ कार्यालय प्रमुख प्रदिप कुमार सिंह ।
२. संघिय शहरी विकास तथा भवन निर्माण कार्यालय कास्की कार्यालय प्रमुख सुनिता श्रेष्ठ ।
३. सघन शहरी तथा भवन निर्माण आयोजना बाग्लुङ्का आयोजना प्रमुख कृष्ण कुमार महर्जन ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर